इन्टरपोलको सहयोगमा नेपाल ल्याइएकी तुलसा अधिकारी थुनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २१ — सामाजिक सञ्जालमा सक्रिय रहेकी तुलसा अधिकारीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई अनुसन्धान तथा मुद्दाको थप सुनुवाइ नसकिएसम्म कारागारमा राख्न आदेश गरेको हो।
अधिकारीलाई गत जेठ १७ गते इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
लामो समयदेखि फरार रहेकी अधिकारी पक्राउ पर्नुअघि सामाजिक सञ्जालमार्फत आफूमाथि लगाइएका आरोपको प्रतिवाद गर्दै आएकी थिइन्। अदालतको पछिल्लो आदेशसँगै अब उनी थुनामै बसेर मुद्दाको पुर्पक्ष प्रक्रिया सामना गर्नेछिन्।

Leave a Comment