काठमाडौँ, २८ जेठ । गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेपछि नागरिकका गुनासा प्रत्यक्ष सुन्ने अभियानलाई निरन्तरता दिएका छन्। बिहीबार उनले माइतीघर मण्डलामा धर्नारत समूह र होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूसँग भेटघाट गरी उनीहरूका समस्या सुनेका छन्।
उपत्यकाका नदी किनार क्षेत्रबाट हटाइएपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूसँग भेट्दै गृहमन्त्री गुरुङले उनीहरूले भोग्नुपरेको कठिनाइप्रति दुःख व्यक्त गरे। सरकारका तर्फबाट माफी माग्दै उनले समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।
त्यसअघि मन्त्री गुरुङ माइतीघर मण्डला पुगेर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका नागरिकसँग छलफलमा सहभागी भएका थिए। उनले आन्दोलनरत व्यक्तिहरूको विवरण संकलन गर्नुका साथै उनीहरूका माग र समस्याबारे प्रत्यक्ष जानकारी लिएका थिए।
माइतीघरमा हाल जबरजस्ती करणीका पीडित, चुरे संरक्षण अभियानका अभियन्तासहित विभिन्न समूह आन्दोलनरत छन्। गृहमन्त्रीले सम्बन्धित निकायसँग समन्वय गरेर जायज माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री नियुक्त भएपछि नागरिकको बीचमा पुगेर प्रत्यक्ष संवाद थालेका गुरुङको यो कदमलाई सरकार र नागरिकबीचको दूरी घटाउने प्रयासका रूपमा हेरिएको छ।
माइतीघरदेखि होल्डिङ सेन्टरसम्म पुगे गृहमन्त्री गुरुङ, पीडितका गुनासा सुन्दै माफी र प्रतिबद्धता
Leave a Comment
Leave a Comment






