१२ माघ,बारा : प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक एसपीहरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बारामा सन्तोष तामाङ र पर्सामा गौतम मिश्रलाई खटाएको छ ।
प्रहरी उपरीक्षक मिश्र यसअघि वीरगन्जमा प्रहरी निरीक्षक र बारामा प्रहरी नायब उपरीक्षकको रुपमा कुशलता पुर्वक काम गरिसकेका छन ।
मिश्र बारामा करिब दुई बर्ष डीएसपीको रूपमा काम गरेका प्रहरी अधिकृत हुन ।
प्रहरी प्रधान कार्यालयले कुमोध ढुंगेललाई प्रधान कार्यालयमा खटाएको छ ।
इलामको प्रहरी प्रमुखमा एकनारायण कोइराला सरुवा भएका छन् । त्यहाँका प्रमुख प्रभुप्रसाद ढकाल एसएसपीमा बढुवा भएपछि उक्त जिम्मेवारी रिक्त भएको थियो ।
नुवाकोट प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी सरुवा भएका छन् । त्यहाँ कार्यरत शान्तिराज कोइराला पनि एसएसपीमा बढुवा भएका छन् ।
सिन्धुपाल्चोकमा रामेश्वर कार्की र चितवनमा राजन लिम्बू सरुवा भएका छन् ।
काठमाडौं प्रहरी परिसरमा अपिलराज बोहराले प्रवक्ता जिम्मेवारी पाउने गरी सरुवा भएका छन् । त्यहाँका एसपी नवराज अधिकारी हालै एसएसपीमा बढुवा भएका छन् ।