काठमाडौं, जेठ २९ — फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
मेक्सिकोको ग्वाडालाजारास्थित स्टाडियो ग्वाडालाजारामा सम्पन्न खेलमा चेक गणतन्त्रले ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीको हेडर गोलमार्फत अग्रता बनाएको थियो। तर दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
दक्षिण कोरियाका लागि ६७औँ मिनेटमा ह्वाङ इन–बेमले बराबरी गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो। त्यसपछि ८०औँ मिनेटमा ओह ह्योन–ग्युले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।
चेक गणतन्त्रले खेलको अन्त्यतिर अर्को गोल गरे पनि रेफ्रीले अफसाइड ठहर गरेपछि उक्त गोलले मान्यता पाएन। टोमास सोचेकको प्रहारबाट आएको गोल भिडियो सहायक रेफ्री (VAR) परीक्षणपछि रद्द गरिएको थियो।
यस जितसँगै दक्षिण कोरिया समूह ‘ए’ मा तीन अंकसहित दोस्रो स्थानमा पुगेको छ। समान तीन अंक रहेको आयोजक मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकालेको थियो।
समूह चरणको पहिलो खेलपछि दक्षिण कोरिया र मेक्सिको दुवै टोलीको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको
दक्षिण कोरियाको शानदार पुनरागमन, चेक गणतन्त्रमाथि २–१ को जित
Leave a Comment
Leave a Comment






