बारामा दुर्घटनामा एकजनाको मृत्यु

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 39
पढ्न लाग्ने समय : 1 मिनेट

४ फागुन, बारा:बारामा आज दिउँसो सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२ स्थित शुभलाभ ट्रेडर्स नजिकैको सडकमा पथलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट घाईते भएका जितपुरसिमरा उपमहानगरपालिका-२ का ३० बर्षीय उदित नारायण झाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्थानीय १८ बर्षीय उत्पल आचार्य घाइते भएका छन ।
ट्रकका चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a comment