सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज लिग चरणको अन्तिम खेल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ मंसिर, काठमाडौं — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल आयोजना हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले ६ खेलबाट समान २ अंक मात्र जोडेका छन् र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल केवल प्रतिष्ठाका लागि हुनेछ।

प्रतियोगिताको हालको स्थिति अनुसार, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरमा पुगेका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने अवसर पाएका छन्।

Leave a Comment