मधेश सरकारको नीति तथा कार्यक्रम आज

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 64
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

२९ जेठ, जनकपुरधाम : मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ ।

बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत कार्यक्रम गर्ने तयारी छ ।