काठमाडौँ, मङ्सिर १३। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन हुने अवस्था नरहेको दावी गरेका छन्। शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले घोषणा गरेअनुसार सो मितिमा निर्वाचन नहुने स्पष्ट दाबी गरे।
प्रसाईंले अहिलेको सरकारले समेत भ्रष्टाचार नियन्त्रण गर्न कुनै प्रभावकारी काम नगरेको आरोप लगाए। उनका अनुसार सरकारमा रहेका व्यक्तिहरू विगतका सरकारहरूमा देखिएका जस्तै भ्रष्टाचारमै लिप्त छन् र चरित्रगत रूपमा पनि फरक छैनन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे टिप्पणी गर्दै प्रसाईंले उनले सरकारी जग्गा मिचेको आरोपसमेत लगाए। तर आफूले भने हालसम्म कुनै पनि प्रकारको भ्रष्टाचार वा अनियमितता नगरेको दाबी गरे।



Leave a Reply