वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरुकै संलग्नत छ : प्रभु साह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 124
पढ्न लाग्ने समय : 2 मिनेट

२६ जेठ, काठमाडौ: आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

रोजगारीका लागि नेपालबाट युवाहरु बिभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

आईटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरु स्वास्थ्य परिक्षण गरी रोजगारका लागि विदेश गईरहेको तर कतिपयको हत्या हुने गरेको बताए ।

योग्यता, क्षमता अनुसारको रोजागर र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरु रोजगारको खोजी गर्दै खाडीमुलुक पुगिरहेको पुर्व मन्त्री समेत रहेका साहले बताए ।

नेताहरुकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै साहले त्यसको पर्दाफास आईटी आर्मीले गर्नुपर्ने दिर्नेशन दिए ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन् ।

आईटी आर्मीले बिभिन्न माग गर्दै आउँदो २ असारदेखी काठमाडौं स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिदैछ । त्यसैको तयारी स्वरुपमा आईटी आर्मीको बैठक काठमाडौंमा बोलाइएको हो ।

आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश ÷ नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ ।