कलैया, साउन २ — कलैया उपमहानगरपालिका–भरतचोकस्थित सार्वजनिक निःशुल्क शौचालयमा सेवाग्राहीसँग पटक–पटक अवैध रूपमा शुल्क असुलिएको गुनासो आएपछि जेन्जी एण्ड युथ बाराका युवाहरूले स्थलमै पुगेर निःशुल्क सेवा सम्बन्धी सूचना टाँसेका छन्।
जेन्जी एण्ड युथ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा पुगेको टोलीले शौचालयको प्रवेशद्वारमा “निःशुल्क शौचालय” भन्ने सूचना टाँस्दै सेवाग्राहीलाई कुनै पनि शुल्क नतिर्न आग्रह गरेको हो।
संस्थाले सम्बन्धित निकायलाई यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि समस्या दोहोरिएकाले प्रत्यक्ष रूपमा सचेतना अभियान सञ्चालन गर्नुपरेको जनाएको छ।
जेन्जी एण्ड युथ बाराले सार्वजनिक सूचना जारी गर्दै भरतचोकस्थित उक्त शौचालयमा पिसाब गर्न कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। यदि कसैले पैसा मागेमा नदिन र तत्काल सम्बन्धित निकाय वा संस्थालाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।
अध्यक्ष सौरभ पाण्डेयले सार्वजनिक सेवा सबै नागरिकका लागि निःशुल्क, सहज र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै यस्ता अनियमितता रोक्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने बताए।
कलैयाको निःशुल्क सार्वजनिक शौचालयमा अवैध शुल्क असुली रोक्न जेन्जी एण्ड युथ बाराको पहल
Leave a Comment
Leave a Comment

