काठमाडौं, साउन ७ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा डा. गोविन्द केसीले आफ्ना माग सम्बोधन नभएको भन्दै २४औँ पटक आमरण अनशन सुरु गरेका छन्।
धनगढीको एलएन चोकस्थित कृष्ण मन्दिर धर्मशालाबाट बिहीबारदेखि अनशन सुरु गरिएको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिएका छन्।
डा. केसीले सरकारले साउन ५ गतेसम्म माग पूरा गर्न दिएको समयसीमालाई बेवास्ता गरेपछि बाध्य भएर पुनः अनशनमा बस्नुपरेको बताएका छन्।
उनले सरकारले निजी मेडिकल माफियाको हितमा काम गरेको आरोप लगाउँदै दशरथचन्द मेडिकल विश्वविद्यालयसहित चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी गरिएका नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन्।
यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी मेडिकल कलेजमा सिट संख्या बढाउने निर्णय फिर्ता लिनुपर्ने उनको माग छ।
डा. केसीले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय मोडलमा सञ्चालन गर्ने निर्णयप्रति पनि असन्तुष्टि जनाउँदै त्यसमा समेत स्वार्थ समूहको प्रभाव रहेको आरोप लगाएका छन्।
चिकित्सा शिक्षा क्षेत्रमा पारदर्शिता, गुणस्तरीय शिक्षा, योग्य विद्यार्थीको छात्रवृत्ति संरक्षण तथा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने मागसहित उनले फेरि अनशन सुरु गरेका हुन्।
बालेन सरकारविरुद्ध डा. गोविन्द केसीको २४औँ अनशन सुरु, चिकित्सा शिक्षा सुधारका माग पुनः दोहोरिए
Leave a Comment
Leave a Comment

