एसीसी यू–१९ एसिया कप : आज सेमिफाइनल, चार बलिया टोली आमनेसामने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
DP World Asia Cup Under 19 2025 trophy ahead of the ACC Men’s U19 Asia Cup 2025 at the ICC Academy Ground, Dubai, United Arab Emirates, on 11 December 2025. Photo by CREIMAS for Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

४ मंसिर,एसीसी अन्डर–१९ एसिया कप क्रिकेट अन्तर्गत आज दुईवटा सेमिफाइनल खेल हुँदैछन्। संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भइरहेको प्रतियोगिताका दुवै सेमिफाइनल खेल बिहान पौने ११ बजेबाट सुरु हुनेछन्।

पहिलो सेमिफाइनलमा समूह ‘ए’ को शीर्ष टोली भारतले समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा पाकिस्तान र बङ्गलादेश आमनेसामने हुनेछन्।

समूह चरणमा सशक्त प्रदर्शन गरेका भारत र पाकिस्तानलाई प्रतियोगिताको उपाधिका मुख्य दाबेदारका रूपमा हेरिएको छ। आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेका हुन्।

यसैबीच, एसीसी यू–१९ एसिया कपमा सहभागी नेपाल भने समूह चरणमै लगातार तेस्रो खेलमा पराजित हुँदै बुधबार प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले अपेक्षित प्रदर्शन गर्न नसकेपछि एसिया कप यात्रा प्रारम्भिक चरणमै टुंगिएको हो।

अब सेमिफाइनलका विजेताबीच उपाधिका लागि अन्तिम खेल हुनेछ।

Leave a Comment