१२ साउन, बारा: जिल्ला विकास समिति बाराका तत्कालीन सभापति राजनारायण साहको आज निधन भएको छ ।
बारागढी गाउँपालिका–२ विसुनपूर्वा निवासी ७१ वर्षीय साह लामो समयदेखि कलैया उपमहमानगर–४ अदालत रोडस्थित आफ्नै घरमा बस्दै आएका थिए ।
उनी मधुमेहले ग्रस्त थिए । उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उनका छोरा मनोज साहले बताए ।
२०५९ को शाहीकालमा तत्कालीन जिल्ला विकास समितिको सभापति भएका उनी राप्रपा संस्थापन पक्षको लगातार २४ वर्षसम्म जिल्ला अध्यक्ष थिए ।
पछिल्लो समय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य थिए ।
राप्रपाबाट उनी पटक–पटक बारा–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनका ३ छोरा, १ छोरी र श्रीमती छन् ।