११ श्रावण,बरा: बाराका पालिका प्रमुखहरुलाई खाजा र इन्धनको नाममा करोडौं खान बजेट रहेको तर संचारकर्मीलाइ बिज्ञयापनकोलागि बजेट नरहेको नेपाल पत्रका महासघ बारा अध्यक्ष रमेश सुबेदीले आरोप लगाउनु भयो।
कलैयामा मिलन राष्ट्रिय दैनिकको ७ औ वार्षिक उत्सवको अवसर आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सुबेदीले यस्तो आरोप लगाएका हुन।
पालिका प्रमुखहरुले स्थानीय मिडियालाई संरक्षण गर्न कुनै सहयोग नगरेको बताउदै प्रमुख र प्रमुख प्रशसकिय अधिकृतले कमिसनको भरमा जिल्ला बाहिरका मिडियालाई बिज्ञयापन दिने गरेको वहाले आरोप लगाए।
स्थानीय मिडियालाई संरक्षणगर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारको रहेकोले कुनै प्रलोभन ,दबाबमा नपरी सहयोग गर्न वहाले उक्त अवसरमा पालिका प्रमुखहरु लाई आग्रह गर्नु भयो।
स्थानीय मिडियालाई आलो पालो बिज्ञयापन दिएर संरक्षण गर्न पालिका प्रमुखलाई अध्यक्ष सुबेदीले उक्त अवसरमा आग्रह गरे।
मिलन दैनिकका प्रकाशक बृजमोहन कुशवाहाको अध्यक्षत्मा सम्पन्न वार्षिक उत्सव कार्यक्रमको सन्चालन कार्यकारी सम्पादक नरेश गुप्ताले गरेका थिए।
कार्यक्रममा पत्रकार महासघ बाराका उपाध्यक्ष पानालाल दास निवर्तमान उपाध्यक्ष रामबाबु मेहता मन्तव्य राखदै वर्तमान अवस्थमा मिडियाको अवस्थ संतोषजनक नरहेकोले मिडिया सन्चलन गर्न कठिन रहेको बताए ।
उक्त अवरमा मैनबती प्रजवलन गरि केक काटिएको थियो।
पालिका प्रमुखहरुलाइ खाजा र इन्धनको नाममा करोडौं खान बजेट छ तर बिज्ञयापनको लागि बजेट छैन अध्यक्ष -सुवेदी
Leave a Comment
Leave a Comment


