५ फागुन, काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै ले पर्सा जिल्लाको प्रहरी नेतृत्व अस्थायी रूपमा परिवर्तन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी अब प्रहरी उपरीक्षक लाई दिइएको छ।
हालका एसपी पितृशोकका कारण बिदामा रहेकाले निर्वाचन अवधिभर सुरक्षा कमाण्ड सुवेदीले सम्हाल्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुवेदी यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।
निर्णयपछि उनी मंगलबार नै पर्सा पुगेर कार्यभार सम्हालिसकेका छन्। निर्वाचन प्रक्रिया सम्पन्न भएपछि पाठक पुनः आफ्नो जिम्मेवारीमा फर्किने प्रहरी स्रोतले जनाएको छ।
निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै पर्सामा सुरक्षा व्यवस्थापन निरन्तरता दिन नेतृत्व परिवर्तन गरिएको जनाइएको छ।

