२९ साउन, वीरगन्ज : बारा-पर्सामा सक्रिय दुईजना मोटरसाइकल चोर पक्राउ परेका छन ।
बाराको कोल्हबी नगरपालिका वडा नम्बर-६ प्रसौनाका रितेश चौधरी र प्रवीण चौधरी वीरगन्जमा पक्राउ परेका हुन ।
उनीहर गएराती वीरगन्ज नगवा चौकबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुले कलैया उपमहानगरपालिका-४ पन्नाबाग टोलबाट केहीदिन अगाडि सशस्त्र प्रहरी सहायक हवल्दार सन्दीप चौधरीको मोटरसाइकल चोरेर फरार भएका थिए ।
सहायक हवल्दार चौधरीकै सहयोगमा उनीहर पक्राउ परेका हुन ।
चौधरीको सहयोगमा नगवाका स्थानीयले दुबैजना चोरलाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएका हुन ।।।
स्थानीयले दुबैजना चोरलाई रामधुलाई समेत गरेका छन ।