२३ भदौ,वीरगन्ज : आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटी बैठक आज वीरगन्जमा सम्पन्न भएको छ ।
बैठकले मधेसमा बिद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षाका लागि संघर्षका कार्यक्रम कडा रुपमा अगाडी बढाउँने निर्णय गरेको छ ।
बैठकले मधेस प्रदेशका प्रमुख शहरका साथै सबै जिल्लाहरुमा असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकाल्ने निर्णय समेत गरेको छ ।
यस्तै काठमाडौंमा पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय प्रदेश, जिल्ला, पालिकाहरुमा कार्यान्वयन गरिने र त्यसका लागि योजना समेत निर्माण भएको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले जनाएका छन् ।
मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई मधेस प्रदेशमा कार्यान्वयन गरिने अध्यक्ष उमेश कुशवाहाले जनाएका छन् ।
आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिवद्धय चन्द्रभुषण साह, सियाराम कुशवाहा, सचिवद्धय बाबुराम कौशिक, श्रीचन्द्र मुखिया लगायतको बैठकमा विशेष उपस्थिति रहेको छ ।
Leave a Reply