अन्तर्राष्ट्रिय वालवालिका फेसनशो २०२४ मा कलैयाकी पाण्डेय प्रथम

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 367
पढ्न लाग्ने समय : 1 मिनेट

२ असोज, कलैया : भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय वालवालिका फेसनशो २०२४ मा बाराको कलैया उपमहानगर पालिका वडा नम्बर-८ कि ६ बर्षीय सुभानी पाण्डेय प्रथम भएका छिन।

२-१५ बर्ष उमेर समुहको बालबालिका बिच भएको प्रतिस्पर्धामा डा.शिवेश पाण्डेय र डा .बब्ली मिश्राकी छोरी सुभानी प्रथम भएकी हुन।

नेपाल, भारत र भुटानका २१ जना बालबालिका उक्त प्रतियोगितामा सहभागी थिए।

पटनाको संग्रीला पैलेलमा नुरुलाज एन्ड कम्पनीले आयोजना गरेको उक्त प्रतियोगिताको प्रमुख अतिथि चर्चित बलिबुड एकटर्स पुनम ढिलो,मिस इन्डिया युनिभर्स रुपल महत र प्रतिभा प्रसादको उपस्थिती रहेको थियो।