४ असोज, काठमाडौं : नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिएका छन ।
यसअघिका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोकेका थिए ।
कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए ।
विष्टले आज शुक्रबार उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र महासंघको केन्द्रीय कार्यालयमा पठाएका छन ।
महासंघमा अस्वाभाविक सदस्य थप गर्न दबाब आएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन ।
राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पारेको विष्टले उल्लेख गरेका छन् ।