सम्पर्कविहीन मुस्ताङ हेलिकप्टरमा थिए ५ जना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१३ चैत २०८२, शुक्रबार-काठमाडौ-रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ। हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताएका छन्।

उहाँले भन्नुभयो, “अरु केही विवरण आएको छैन। हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो। टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको छैन।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर दिउँसो साढे १ बजे देखि सम्पर्कविहीन भएको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले घटनाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्। उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको छ। अरु केही सूचना प्राप्त भएको छैन।”

Leave a Comment