१७ असोज, बारा: बाराको कलैया स्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आज बडादशै, छठ दिपवालीको शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर-१ स्थित ब्रम्ह कुनारी राजयोग सेवा केन्द्रले आफनै भवनमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
सेवा केन्द्रका प्रमुख मिना दिदीको अध्यक्षता तथा बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी रासहले हामी सबै ईश्वरका सन्तान भएको बताईन ।
शुभकामना आदान प्रदान कार्यक्रम मार्फत संविधान सभा सदस्य बलविर चौधरी, पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साह, कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष मोहन बहादुर क्षेत्री, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे लगायतकाले उक्त अवसरमा दशै दिपावली तथा छठ पर्वको शुभकामना दिएका थिए ।
मिना दिदीको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको संचालन संस्थाकी सुष्मा दिदीले गरेकी थिइन ।