काठमाडौं – २ असोज
डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा आन्तरिक विवाद चुलिँदै जाँदा शीर्ष तहका ६ नेताले पार्टी परित्याग गरेका छन्।
बुधबार पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले बिहीबार सामूहिक रूपमा साधारण सदस्यसमेत नरहने गरी पार्टी छाड्ने घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।
पार्टी अध्यक्षलाई पदत्यागको माग गर्दै सार्वजनिक दबाब सिर्जना गरेपछि राउतले सामाजिक सञ्जालमार्फत् ‘पार्टी छाड्न उपयुक्त समय आएको’ टिप्पणी गरेका थिए।
पार्टी छोडेका नेतामध्ये प्रवक्ता डा. यादवले भने, “हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं, उहाँलाई सजिलो होस् भनेर पार्टी परित्याग गरेका हौं।”
जनमत पार्टी भित्रको यस घटनालाई पार्टीको भविष्यमा ठूलो धक्का मानिएको छ।



Leave a Reply