७ पुस,बारा : नेपाल पत्रकार महासंघ बाराका नवनिर्वाचित कार्यसमितिले आज एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा नव निर्वाचित अध्यक्ष रमेश सुवेदी सहितका कार्यसमितिले पदभार सम्हाल्दै प्रमाणपत्र ग्रहण गरेका हुन ।
नवनिर्वाचित कार्यसमितिलाई महासंघको प्रमुख निर्वाचन अधिकृत निवेश तिमिल्सिना शपथ ग्रहण गराउँदै पदभार ग्रहण गराएका हुन ।
नवनिर्वाचित अध्यक्ष सुवेदीलाई निवर्तमान अध्यक्ष रेशम तिवारीले पद हस्तान्तरण गर्नु गरेका थिए ।
तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य सिकेन्द्र पासवान, राजु विश्वकर्मा, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, महासंघका पुर्व अध्यक्ष कमल उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य रुद्र धितालले गरेका थिए ।