काठमाडौं-११ असोज ।
धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् । उनले लेखेका छन्, “सुशीला जी… तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर !”
प्रधानमन्त्री कार्की नियुक्त भएको केही दिन मात्रै भएको छ । तर अहिलेसम्म उनको मन्त्रिपरिषद् पूर्ण हुन सकेको छैन । दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा हालसम्म ८ मन्त्री थपिएका छन् । कार्कीसहित सरकारमा ९ मन्त्रालय रहेका छन् भने कतिपय मन्त्रीहरूलाई दुईभन्दा बढी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँ पुस्ताका युवाहरुको आन्दोलनबाट बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्री ७० वर्ष नजिकका नियुक्त भएपछि आलोचना हुँदै आएको छ । यही कारण हर्क साम्पाङ लगायतले नयाँ पुस्ताको चाहना अनुसार सरकार अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।



Leave a Reply