दसहारा सहकारी संस्थाको साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 166
पढ्न लाग्ने समय : 1 मिनेट

५ पुस,बारा: सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहारा लोन सेविङ्ग एण्ड कोअपरेटिभ सोसाइटी लिमिटेडको बार्षिक साधारणसभा सम्बन्धि छलफल कार्यक्रम आज वीरगन्जमा सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा सहभागीहरुले द सहारा सहकारीले प्रदानगर्ने विभिन्न सेवाहरुको बारेमा आफ्ना सल्लाह सुझाव दिएका थिए ।

संचालक समिति सदस्य ध्रुव गोसाइँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संचालक सदस्य राकेश पाण्डेयले द सहाराको बारेमा उठेको प्रश्नको उतर दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय सचिव अशोक तिवारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख श्यामसुन्दर चौधरीले कार्यालयबाट प्रवाह हुने सेवाहरुका बारेमा जानकारी गराएका थिए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.