कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 14
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

१४ माघ, काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ ।

आज दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् । त्यसपछि मन्त्रीहरुले यो अवधिमा गरेका आफ्ना कार्य र सांसदका जिज्ञासामा जवाफ दिने कांग्रेसले जनाएको छ ।

केही दिनदेखि कांग्रेसको बैठक निरन्तर चलिरहेको छ । यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए । त्यसका साथै सरकारमा पार्टीको उपस्थिति बलियो बनाउने निर्णय पनि कांग्रेसले गरेको थियो ।