एसपी तामाङले सम्हाले बारा प्रहरीको कमान्ड

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 111
पढ्न लाग्ने समय : 1 मिनेट

१८ माघ, बारा: प्रहरी उपरीक्षक एसपी सन्तोष तामाङले जिल्ला प्रहरी कार्यालय बाराको कमान्ड सम्हालेका छन ।

प्रहरी उपरीक्षक तामाङले आज साँझ जिल्ला प्रहरी कार्यालय पुगेर जिल्लाको सुरक्षा कमान्ड सम्हालेका हुन ।
प्रहरी उपरीक्षक तामाङलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा सहित प्रहरी निरीक्षक, प्रहरी वरिष्ठ नायब निरीक्षक सहितका प्रहरी टोलीले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमपछि प्रहरी नायब उपरीक्षक सापकोटाले प्रहरी उपरीक्षक तामाङलाई जिल्लाको सुरक्षाको बस्तु स्थितिका बारेमा जानकारी गराएका थिए ।
जिल्ला प्रहरी प्रमुखको कमान्ड सम्हाल्दै प्रहरी उपरीक्षक तामाङले कुनै दबाबमा नपरी उच्च मनोबलका साथ कामगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।