२२ माघ, बारा: प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय कलैयामा भएको अनियमितता बारे छानबिन शुरु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले अनियमितता बारेमा छानविन शुरु गरेको हो ।
आयोगको हेटौंडा स्थित कार्यालयले चिकित्सालयका डाक्टर पुनिता केशरीमाथी छानविन शुरु गरेको स्रोतले जनाएको छ ।
डाक्टर केशरीले आफनो कार्यकालमा ल्यावको मेशनरी समान कमिशनमा खरिद गरि प्रयोग विहिन बनाएको उजुरी परेपछी अख्तियारले केशरीमाथी छानविन प्रक्रिया अगाडि बढाएको स्रोतले जानकारी गराएको छ ।
आयोगले केहीदिन अगाडि पत्र काटेर डाक्टर केशरीमाथी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
डाक्टर केशरीले अख्तियारको पत्र आएको स्वीकार गर्दै आफुले त्यसको जवाफ पठाई सकेको जानकारी गराए ।
डाक्टर केशरीले ल्यावमा टेस्ट गर्न खरिद गरेको महङ्गा केमिकलहरू प्रयोगमै नआइ म्याद गुज्रिएको चिकित्सलाय स्रोतले जनाएको छ ।
डा केशरीले औषधी खरिदमा समेत व्यापक घोटाला गरेको उजुरी अख्तियारमा परेको छ ।