बारामा हराईरहेका बालकको शव फेला

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 23
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_131072

२६ माघ,बारा: बाराको जितपुरबाट दस दिनदेखि हराईरहेका बालकको आज शव फेला परेको छ।

रौतहटको दुर्गा भगवती घर जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-७ स्थित मामा घरबाट बेपत्ता भएका बालकको शव फेला परेको हो ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ७ र वीरगञ्ज महानगरपालिका वडा नम्वर ३२ को सीमानामा पर्ने कियासोती खोलामा तीन बर्षीय बालक हन्स चौधरीको शव फेला परेको बारा प्रहरीले जनाएको छ ।

दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपराका रतेश चौधरीको ३ बर्षीय छोरा हन्स चौधरी गएको माघ १७ गते जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित मामा रञ्जित जयसवालको घर अगाडि खेल्ने क्रममा हराएका थिए ।

इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा लामा वाइबाले बालकको शव भेटिएको बताए ।

बालकको खोजी गर्न बारा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो ।
हराएका बालकको खोजीका लागि परिवारले एक लाख रुपैयाँ इनाम घोषणा गरेको थियो । यसैगरी बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले बालकको अवस्थाबारे सूचना दिने वा खोजीमा सहयोग गर्ने व्यक्तिलाई ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।
बालक हन्सले लगाएको रातो रंगको हुडी झिकिएको र चार दिन अघि घाँटी थिचेर मारेर उक्त सोती खोलामा फालेको गम्भीर आरोप परिवारजनले लगाएका छन । यस्तो जघन्य अपराध गर्नमा सलंग्नलाई हदै सम्म कारवाही गर्न समेत परिवारले प्रहरीसंग माग गरेका छन ।
शवको पोष्टमार्टम पछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।