१९ चैत्र,बारा: स्वर्गीय पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कडा कार्बाहीको माग गरिएको छ ।
बाराको कलैयामा आज नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रमका वक्ताहरुले पत्रकार रजकलाई बर्बरतापुर्ण तरीकाले हत्या गरिएको धारणा राखे ।
उनीहरूले रजकको हत्यामा संलग्नलाई कडा कार्बाही गरेर पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए ।
उनीहरुले पत्रकार रजकलाई शहीद घोषणा गर्न माग समेत गरे ।
जुनसुकै बहाना भएपनि संचार क्षेत्रमाथिको आक्रमण राज्यलाई सहय हुन ननहुने भन्दै उनीहरूले संचारकर्मी र संचार क्षेत्रको सुरक्षाको पुर्ण ग्यारेन्टी राज्य लिनेपर्ने माफ गरे ।
महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाली कांग्रेसका सहसचिव प्रमोद यादव, नेकपा माओवादी केन्द्रका मुकेश साह, जनमत पार्टीका प्रभु पटेल, महासंघका पुर्व उपाध्यक्ष राकेश पाण्डेय लगायतले मन्तव्य राखेको थिए ।
महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सहसचिव दुश्यन्त चौधरीले गरेका थिए ।
पत्रकारको हत्यामा संलग्नलाई कडा कार्बाहीको माग
Leave a Comment
Leave a Comment


