घोषणाले मात्र बाराका दुर-दराजका किसानका चुल्हो बल्दैन” — नागरिक समाज बारा

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

९ श्रावण,बारा: सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिएको सरकारी निर्णयलाई स्वागत गरे पनि बाराका नागरिक समाज बाराले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

कलैयामा बसेको समाजको बैठकले काठमाडौंबाट कागजी घोषणाले बाराको दुरदराजका गाउँहरूमा रहेका किसानका चुल्हो बल्दैनन्, जबसम्म ठोस राहत, सिंचाइ सुविधा र खानेपानीको दीर्घकालीन समाधान गरिंदैन।

“सुख्खा घोषणा सुनाउन मात्र हो कि, समाधान गर्न पनि?” — नागरिक समाज बाराको चिन्ता छ ।

नागरिक समाज बाराको अध्यक्ष उमेश लाल दासले भने ,”बाराको उत्तरी क्षेत्रमा स्विमिङ पुल र व्यवसायिक प्रयोजनमा भूमिगत पानीको अत्यधिक दोहन भइरहेको छ, जुन स्थानीय बासिन्दाको दैनिकीमाथि गम्भीर प्रहार बनिसकेको बताएका छन । धेरै ठाउमा “बिहान २ बजेदेखि बाल्टी लिएर लाइन बस्नुपर्छ, तर न त धारामा पानी आउँछ न त ट्यांकर पाइन्छ,”दासले बताएका छन । उनले कृषि प्रधान देशको जनता भएर नाक फुलाएर बस्ने हो कि राज्य जिम्मेवार हुने हो उनले किसानहरु भए भरको अन्नबालि बेचेर खेतमा लगाईयो सुख्खाले त्यो पनि नहुने अनि घरमा खानलाई समेत नहुने भएको तितो सत्यलाई कल्ले हेर्ने सरकार ? उनले प्रशन गरेका छन ।

नागरिक समाज बाराले आज बैठक बसि सरकारले निम्न कुराहरू तुरुन्त लागू गर्नुपर्ने माग गरेको पास्वानले जनाए ।उनले तत्काल राहतको प्याकेज बितरण गर्ने,पेयजल ट्यांकर आपूर्ति गर्नुपर्ने,डिप बोर र सोलार पम्पको व्यवस्था,सस्तो दरमा मल र बीउको आपूर्ति,बिधुत आपूर्ति मा देखिएको समस्या तत्काल समाधान गराउन,

पीडित किसानलाई नगद राहत कार्यक्रम,दीर्घकालीन खानेपानी तथा सिंचाइ योजना,नागरिकका नैसर्गिक अधिकार लाई पुर्ण लागू गराउने माग यो मुख्य कुराहरु भएको बताए ।

सरकारको “सुख्खा घोषणा” कागजमा मात्र सीमित छैन भन्ने प्रमाणित गर्न अब केन्द्रले बाराका गाउँ गाउँमा पुगेर काम गरेर देखाउनुपर्ने समय आएको नागरिक समाज बाराका उपाध्यक्ष अधिवक्ता एकरामुलहकले बताए । उनले काठमाडौंबाट बोलेको शब्दले चुल्हो बल्दैन, बासिन्दाको थरथर काँपिएको यथार्थले मात्र होइन, विवेकपूर्ण निर्णयले मात्रै राहत मिल्छ बताए । “सिंचाइ नहुँदा खेत बाझो छन्, इनार सुकिसके, हात पम्पमा पानी आउँदैन। सरकारको ध्यान हवाई घोषणामा मात्र सीमित देखिन्छ।”

बैठकमा नागरिक समाज बाराका कोषाध्यक्ष ईन्द्राशन मण्डल,सदस्य सत्य प्रसाद श्रेष्ठ,लक्ष्मी प्रसाद चौधरी,सरस्वती खरेलको उपस्थिति रहेको थियो ।

Leave a Comment