१७ फागुन,कोल्हबी: मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मर्यादित र व्यवसायिक पत्रकारिता आजको आवश्यकता रहेको बताएका छन ।
बाराको कोल्हबीमा नेपाल आदिवासी जनजाति पत्र,महासंघको पाँचौ साधारणसभामा बोल्दै सभामुख मण्डलले पत्रकारिता समाज राष्ट्रको हितमा हुनुपर्ने बताए ।
उनले संविधानसभाबाट संविधान निर्माण गर्न सकस भएको र निर्माण भएपनि संविधानको उचित प्रयोग नहुँदा यसको औचित्यमाथि प्रश्न उठेको बताए ।
उनले सामाजिक सञ्जाल विधेयक स्वतन्त्रताको नाममा बढेको अराजकता नियन्त्रण गर्न ल्याएकोले त्यसलाई अन्याथा लिनुपर्ने आवश्यकता नरहेको बताए । पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता नै नभएको र लोकतन्त्र नै समाप्त भएको अवस्थामा पत्रकारिता पनि समाप्त भएको तर्क गरे ।
पत्रकारितामा सत्यता, निष्पक्षता, स्वतन्त्रताको मूल्य मान्यता स्थापित हुनुपर्ने ठाउँमा यी विषयहरु अहिले मिडिया हाउससँग नीहित भएकोले सत्यको धर्ममा उभिन नसकेको बताए । आज फेरि त्यस्तै अवस्था हुने चिन्ता रहेपनि शुरूवातमा कठिनाई हुने तर त्यसलाई पार लगाउनु पर्ने सभामुख मण्डलले बताए ।
साधारणसभामा फोनिजले चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिजले सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारल्र पुरस्कृत गरेको हो भने क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कारबाट लक्ष्मी चौधरी र डम्बर राईलाई पुरस्कृत गरेको छ ।
साधारणसभालाई फोनिजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, प्रदेशसभा सदस्य देवनारायण चौधरी, त्रिलोकी चौधरी, मन्जुथापा मगर, नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी, नेपाल पत्रकार महासंघका लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतले सम्बोधन गरेका थिए ।
Leave a Reply