१० चैत्र,वीरगन्ज : पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटनामा सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आइतबार पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरी सहित ७ जनाले आफूमाथि आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले शुक्रबार प्रहरीमा जोहरी दर्ता गराएका थिए । सो जाहेरीका आधारमा आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर-१० का वडाध्यक्ष सुशील साह कानु, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया,घडिअर्वाका लखन गुप्ता सहित सातजना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
आरोपित ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सार्वजनिक भएको थियो ।
सिसिटिभीमा वडा अध्यक्ष चतुर्वेदीमाथि मरुणासन्न हुनेगरि कुटपिट गरेको देखिएको थियो ।
Leave a Reply