१८ चैत्र,बारा: बाराका सञ्चारकर्मीहरूले सुरेश रजकको हत्यारा र सञ्चारगृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ बारा शाखाको अगुवाईमा आज प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।
काठमाडौंमा चैत १५ गते भएको घटनामा मारिएका पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न महासंघले माग गरेको छ ।
घाइते पत्रकारहरूको निःशुल्क उपचार र सञ्चारगृहहरूमा भएको तोडफोड तथा आगजनीको क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।
महासंघ बाराले राजावादीको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको परिवारलाई क्षतिपुर्तिको माग गरेको छ ।
महासं बाराका उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा गएको टोलिले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिदै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।
उनको परिवारलाई क्षतिपूर्ति दिन,सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले जोडदार माग गरेको
एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष महासंघले आग्रह गरेको छ। अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने तर्फ समेत ध्यानाकर्षण गराईएको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,केन्द्रिय सभा सदस्य भोजराज भट्टराई,गोकुल गोर्साइने,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल उपाध्याय, उपाध्यक्ष प्रियंका दास,सहसचिव दुष्यन्त चौधरी,प्रेस चौतारी मधेस प्रदेशका महासचिव दिवाकर भण्डारी,लगायतको उपस्थिति रहेको थियो।
Leave a Reply