२९ चैत, काठमाडौं : भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइपुर्याइएको छ। झापाको भद्रपुर विमानस्थलबाट विमानमार्फत उनलाई आज दिउँसो काठमाडौँ ल्याइएको हो ।
भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हतकडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको थियो। प्रसाईको स्वास्थ्य परिक्षण पछि आजै अदालत पेश गर्ने तयारी भइरहेको छ ।
तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।
Leave a Reply