५ मंसिर, काठमाडौं
जिल्ला प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाइ प्रहरी हेडक्वार्टर तानिएको छ।
उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारा जिल्लाको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने मानव संसाधन तथा प्रशासनमा कार्यरत एसपी सुमित खड्कालाई धादिङ पठाइएको छ।
प्रहरी संगठनभित्रको नियमित चलसचलनसँगै पछिल्लो संवेदनशील परिस्थितिको व्यवस्थापनका लागि गरिएको यो निर्णयमहत्वपूर्ण कदमका रूपमा लिइएको छ।



Leave a Reply