काठमाडौं, फागुन २९, २०८२ – प्रतिनिधि सभा उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन्। निर्वाचन आयोगले पारदर्शिता सुनिश्चित गर्न उम्मेदवार र राजनीतिक दललाई चुनावी खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ अनुसार, उम्मेदवारहरूले खर्च विवरण सार्वजनिक नगरेमा कानूनी कारबाही हुने व्यवस्था छ। उम्मेदवारहरूले आफ्नो सामाजिक सञ्जालमार्फत पनि खर्च विवरण सार्वजनिक गर्न थालेका छन्।
प्रमुख उम्मेदवार र खर्च विवरण
बालेन्द्र शाह (रास्वपा, झापा ५)
कुल खर्च: रु १४,१७,२८९
सवारी साधन भाडा र इन्धन: रु २,९३,८००
हवाई भाडा (५ पटक): रु ३५,०००
मतदाता प्रशिक्षण खाजा: रु २८,९७०
वडास्तरीय प्रचार: रु ५,८०,०००
नमूना मतपत्र छपाइ: रु ४९,८५०
पानी र स्टेशनरी: रु १,४२,८२०
झण्डा, ब्याच, ब्यानर र स्टिकर: रु २,७६,८४९
स्वर्णिम वाग्ले (तनहुँ १)
कुल खर्च: रु २६,९०,७५४
प्रचार सामग्री खरिद: रु ६,५०,२९८
विद्युतिय प्रचार प्रसार: रु ३,४८,४६४
खाना/अस्थायी बसोवास: रु ३,४८,९००
रवि लामिछाने (रास्वपा, चितवन–२)
कुल खर्च: रु ९,८९,९८७
मनोनयन दर्ता: रु १०,०००
प्रचार सामग्री: रु १,१२,०००
यातायात र इन्धन: रु २,९५,०००
मतदाता प्रशिक्षण खाजा: रु १४,२००
खाद्यान्न/रासन/हवाई यात्रा: रु २,०९,६२६
सोविता गौतम (रास्वपा, चितवन–३)
कुल खर्च: रु ९,९३,४५५
प्रचार सामग्री: रु ३,१७,४००
सवारी साधन: रु ३,२५,०००
मतदाता प्रशिक्षण: रु ३०,०००
झण्डा, ब्याच, स्टेशनरी: रु ४६,४४५
खाद्यान्न/रासन/पानी: रु १,१८,०००
महावीर पुन (म्याग्दी १, स्वतन्त्र सांसद)
कुल खर्च: रु २८,६८,८६८
होटल/खाना/बसाइ: रु १३,०७,६१९
चालक ज्याला: रु १,४०,०००
यातायात: रु ६,६०,९९८
डिजेल: रु ३,६०,४९९
सूर्य थापा (एमाले, प्युठान १)
कुल खर्च: रु २४,१०,३८९
वडा/पालिका स्तरीय कार्यक्रम: रु ६,४०,०००
शंकर पोखरेल (एमाले, दाङ २)
कुल खर्च: रु १५,००,००० (समानुपातिक)
मतदाता नामावली: रु ५०,०००
सवारी साधन/इन्धन: रु ६,५०,०००
प्रचार सामग्री: रु १,५०,०००
कार्यालय सञ्चालन र अन्य: रु ५,५०,०००
कमल थापा (राप्रपा)
कुल खर्च: रु २३,१०,०००
निर्वाचन कार्यालय व्यवस्थापन: रु ४,७५,०००
डिजिटल सामग्री: रु ४,५०,०००
घरदैलो/भोजन व्यवस्थापन: रु ३,५०,०००
प्रचार सामग्री छपाइ/वितरण: रु ३,१५,०००
उम्मेदवारहरूले जमानत जोगाउन र चुनावी खर्च पारदर्शी बनाउन विवरण आयोगमा पेश गरिरहेका छन्। काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३०,७३७ मतसहित निर्वाचित भएका छन् भने अन्य उम्मेदवार क्रमशः चौथो स्थानमा परेका थिए।

