लाइभ अपडेट्स

अनलाइन पत्रिका विश्वखबरको बिमोचन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 561
पढ्न लाग्ने समय : 3 मिनेट
पोस्टहरु
अटो अपडेट्स

शेयर

एक कार्यक्रमका बीच विश्वखबर डट कम अनलाइन पत्रिका सोमबार विमोचन गरिएको छ ।

बाराको सदरमुकाम कलैयास्थित उद्योग वाणिज्य संघको सभा हलमा सो पत्रिकाको विमोचन गरिएको हो ।

सो कार्यक्रममा प्रमुख अथिति कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले ल्यापटपमा इन्टर बटम थिची उक्त अनलाइन पत्रिकाको बिमोचन गरेका हुन् ।

बी.एम.पी. मिडिया प्रा.लि द्रारा विश्वखबर डट कम अनलाइन पत्रिका प्रकाशनमा आएको हो । बिमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले पत्रकारिता राष्ट्रको चौथो अंग रहेको बताए ।

सत्यतथ्य समाचार सम्प्रेषण गर्न उनले जोड दिए । न्यायसँग सम्वन्धित सूचना प्रवाह गर्ने पत्रिकाको अभाव रहेको उनले जनाए । यो अवस्थामा अनलाइन पत्रिकाले विशेष भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

पत्रकारितामा ईमानदारीको कदर नभएको उनले जनाए । कलैया उपमहानगरपालिका भित्र कुनै पनि किसिमको भष्टाचार नभएको जनाए । पहिला देखि कलैया उपमहानगरपालिका विज्ञापन मार्फत ४०÷५० लाख खर्च हुने गरेको उनले जनाए । अहिले विज्ञापनलाई १५÷२० लाखमा ल्याइएको नगर प्रमुख साहले बताए ।

विज्ञापन दिए राम्रो नदिए खराब उपमहानगरपालिका भन्ने सोचलाई हटाउन जरुरी रहेको उनले जनाए । उनले सत्य तथ्य सूचना सम्प्रेषण गर्न समेत नगर प्रमुख साहले आग्रह गरे ।

कलैया उपमहानगरपालिका भित्र कुनै आर्थिक हिनामिना भएकोमा आफ्नो जिम्मेवारी रहने नगर प्रमुख उनले बताए ।

बारामा अर्को अनलाइन पत्रीका पनि थपिनु श्रमजीवी पत्रकारहरुका लागी सकारात्मक रहेको जनाए । यसले आम पाठक र समाजको लागी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जिम्मेवार पत्रकारको कर्तव्य रहेको उनले बताए ।

विश्वखबर डट कम अनलाइन का अध्यक्ष एवम् संचालक राकेश पाण्डेयको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त अनलाइन पत्रिकाको सम्पादकमा जयनारायणप्रसाद यादव,अतिथि सम्पादक भोजराज भट्टराई तथा संवाददाता अरुण कुमार साह र एमपी यादव रहेका छन् ।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास,पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष लक्ष्मी साह,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ,प्रदेश सदस्य संजिवकुमार मिश्रा,प्रेस मञ्च नेपाल बाराका अध्यक्ष पवन यादव,छापा संञ्जाल बाराका अध्यक्ष निवेश तिमिल्सिना, सिकेन्द्र पासवान,पत्रकार संजय तिवारी,पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त बिमोचन कार्यक्रममा प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा,पत्रकार विरोध शर्मा,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राज किशोर सहनी,शिक्षक,समाजसेवी,सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

विश्वखबर डट कम अनलाइनका अतिथि सम्पादक भोजराज भट्टराईले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन मुकेश यादवले गरेका थिए ।

ट्याग्स : ,