काठमाडौँ, फागुन ७ (बिहीबार) —काग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयबारे खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गरेको छ।
पार्टीका सभापति ले आज दिउँसो १ बजेबाट काठमाडौँस्थित मा हुने ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रममा प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिँदै देश–विदेशबाट आउने प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय गरिएको छ।
कांग्रेसले बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रबारे नागरिकलाई प्रत्यक्ष संवादमा जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सभापति थापाले ठूलो एलईडी स्क्रिनमार्फत प्रतिज्ञापत्रका मुख्य बुँदाहरू प्रस्तुत गर्ने र सहभागी तथा अनलाइनमार्फत प्राप्त जिज्ञासामा प्रतिक्रिया दिनेछन्।
पार्टीका अनुसार खुला प्रश्नोत्तरमार्फत प्रतिज्ञापत्रप्रति आम नागरिकको चासो, सुझाव र प्रश्नलाई प्रत्यक्ष सुन्ने तथा स्पष्टता दिने लक्ष्य राखिएको छ।

