प्रसौनी प्रहरीको ठुलो सफलता ,अपहरणमा परेको बालकको उदार, अपहरण गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२९ बैशाख,बारा: बारामा अपहरणमा परेको एकजना बालकको प्रहरीले केही घण्टा मै उदार गरेको छ ।
प्रसौनी गाउपालिका-२ का अशोक मुखिया बिनका छोरा १३ बर्षीय बालक चन्दन मुखिया बिनलाई प्रहरीले चार घण्टा नबित्दै उदार गरेको हो ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले चार बजे अपहरणमा परेका बालकको राति पौने आठ बजे उदार गरेको हो ।
अपहरणमा संलग्न रहेका वीरगन्ज महानगरपालिका-१५ भेडियाहीका मदन साहका छोरा ललन साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अपहरणमा परेका बालकलाई साहको घरबाट नै प्रहरीले सकुशल उदार गरेको हो ।
बालकलाई मोटरसाइकलमा आएका साहले बुबालाई भेटाउ भनेर अपहरण गरी लगेका थिए ।
अपहरणकारी साहले अपहरित बालकका बुबालाई फोनलाई फोन गरी दश हजार रकम माग गरेको प्रहरीले जनाएको छ ।

Leave a Comment