२२ जेठ,कलैया : वीरगन्जमा रहेको ज्ञानदा एकेडेमी निजी विद्यालयले विश्वस्तरको शिक्षा प्रदान गरिरहेको दाबी गरेको छ ।
बाराको कलैया स्थित दरबार होटलमा आज पत्रकार सम्मेलनगरी विद्यालयले विश्वस्तरको शिक्षा प्रदान गरिरहेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्र कोइरालाले विद्यार्थीको क्षमता रुचि अनुसारको शिक्षा प्रदान गरिरहेको जानकारी गराए ।
उनले पीजी देखि कक्षा १२ सम्मको कक्षा संचालन गर्दै आएको एकेडमीले यो बर्षदेखि स्नातकको पढाई शुरु गर्न लागेको जानकारी गराए ।
स्नातक गरिसकेपछि विद्यार्थीहरुकालागि रोजगारीको ग्यारेन्टी विद्यालयले लिने कोइरालाले दाबी गरे ।
उनले ज्ञानदा एकेडेमीका बारेमा महंगो विद्यालय भएको गलत प्रचार गरिएको दाबी गर्दै वीरगन्जका अन्य विद्यालय सरह नै शुल्क लिने गरिएको दाबी गरे ।
विद्यालयले +२ तर्फ शिक्षा, मानविकी र कानुन बिषयको कक्षा संचालन गर्दै आएको जानकारी कोइरालाले गराए ।
विद्यालयले शिक्षाका साथै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा र खेलकुदको पर्याप्त सुविधा समेत दिने गरेको कोइरालाले जानकारी गराए ।
उनले विद्यालयले क्रिकेट एकेडेमी समेत संचालन गरेको जानकारी गराए ।
कार्यक्रममा एकेडेमीका शिक्षक एवं पत्रकार शंकर आचार्य, दिपेश चौधरी लगायतको सहभागीता रहेको थियो ।



Leave a Reply