७ असार, काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने भएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
दुई साताअघि अख्तियारले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एकीकृत समाजवादीसम्बद्ध वकिल संगठन एसपीएलएका अध्यक्ष डेकेन्द्रराज सुवेदीका अनुसार, कानुनी प्रक्रियामा सहभागी हुनका लागि अदालतबाट म्याद जारी हुनुअघि नै नेपाल हाजिर हुन जाने तयारीमा छन्।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवानासहित सजायको मागदाबी गरिएको छ। मुद्दा दायर भए पनि अहिलेसम्म उनको नाममा म्याद पुर्जी काटिएको छैन। ूसोमबारसम्ममा उहाँ हाजिर हुने मात्र हो,ू सुवेदीले भने, ूबाँकी कानुनी प्रक्रियाको तयारीमा हामी जुटिरहेका छौं।ू नेपालका तर्फबाट उक्त मुद्दामा बहस गर्ने वकिलहरू पनि एसपीएलएले तयार पारिसकेको सुवेदीले बताए।
माधव नेपाल सोमबार हाजिर भएपछि उनको बयान सुरु हुनेछ। त्यसपछि मुद्दाका कागजपत्र र अन्य प्रमाणमाथि केन्द्रित रही बहसको काम अगाडि बढ्नेछ।
Leave a Reply