१९ असार,मलंगवा : सर्लाहीको पर्सा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक सई मेथुर यादव जिल्ला प्रहरी कार्यालयमा तानिएका छन ।
तस्करीहरुसंग आर्थिक लाभ लिएर व्यापक तस्करी गराएको समाचार आएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले सई यादवलाई हिजो तानेको हो ।
सई यादवलाई इन्चार्जबाट हटाएर जिल्लामा ल्याईएको प्रहरी उपरीक्षक योगेन्द्र खडकाले जानकारी ।
स्थानीय एकजना व्यापारीका अनुसार सई यादवले मासिक सातदेखि दस लाख रुपैयाँसम्म असुल्ने गरेका थिए ।
सई यादवलाई रकम बुझाउने व्यापारीहरूमा सुकनाहाका उमेश साह, भारतको इनर्वाका विजय र पुकार, कृष्ण यादव, अजय साह, विनोद साह, नरेश यादव, हिरेन साह, पदम भुजेल लगायत रहेका थिए ।
सई यादवको मिलोमतोमा सीमावर्ती क्षेत्रका ‘भाईलोग’ संगठित समूहसँग मिलेर कपडा, धान, गहुँ, कस्मेटिक्स, गाजा, कबाड, र लागू पदार्थहरू तस्करी गर्दै आएका थिए ।
Leave a Reply