गृहमन्त्रीले गरे दुई आइजीपीसँग छलफल, सुरक्षा ‘हाई अलर्ट’मा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१३ चैत,काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसँग शुक्रबार विशेष छलफल गरेका छन्। छलफलका क्रममा उनले देशभरका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्रीले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएका हुन्। उनले शान्ति–सुरक्षा कायम राख्न कुनै कमजोरी नगर्न सुरक्षा प्रमुखहरूलाई सचेत गराएका छन्।

यसैबीच, बालेन नेतृत्वको सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उक्त छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारको निर्णयपछि देशभर सुरक्षा सतर्कता बढाइएको बुझिएको छ।

सुरक्षा निकायहरूलाई आवश्यक समन्वय गर्दै सम्भावित गतिविधिमाथि निगरानी बढाउन पनि निर्देशन दिइएको छ।

Leave a Comment