बारामा सशस्त्र प्रहरी विरुद्ध टायर बालेर प्रदर्शन

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

३२असार,बारा: बाराको मटिअर्वामा स्थानीयले आज बिहान सशस्त्र प्रहरीको बिरोधमा प्रदर्शन गरेका छन ।
सर्वसाधारणले घरायसी कामकोलागी ल्याएको समान नियन्त्रणमा लिएको विरोधमा उनीहरूले टायर बालेर प्रदर्शन गरेका हन ।
सशस्त्र प्रहरीले आज बिहान दुई बोरा मल नियन्त्रणमा लिएपछी स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन ।
सशस्त्र प्रहरीले तस्करहरुसंग मिलेर रातभरि तस्करी गराउने गरेको स्थानीयले आरोप लगाएका छन ।
प्रदर्शनमा सहभागीहरुले सशस्त्र प्रहरीले तस्करहरुकालागी सिमानाका खुल्ला गरेर सर्वसाधारणको समान नियन्त्रणमा लिएर दुख दिएको आरोप समेत लगाएका छन ।
बारामा खुम बहादुर केसी सशस्त्र प्रहरी उपरीक्षकको रुपमा आएपछि तस्करी बढेको स्थानीयले आरोप लगाएका छन ।

Leave a Comment