कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा दुई दिन शोक बिदा

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

२४ भदौ, बारा । देशव्यापी रूपमा जेन–जेड (Gen Z) पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी विद्यार्थीहरूको मृत्यु भएपछि बाराका कलैया र जितपुर सिमरा उपमहानगरपालिकाले दुई दिन शोक बिदा दिने घोषणा गरेका छन्।

कलैया उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै मृतक आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भदौ २४ र २५ गते उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यसैगरी, जितपुर सिमरा उपमहानगरपालिकाले पनि दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सोही अवधिका लागि शैक्षिक संस्थाहरू बन्द गर्ने घोषणा गरेको छ।

दुवै उपमहानगरपालिकाले शोकको अवधिमा शैक्षिक गतिविधि पूर्ण रूपमा स्थगित रहने जानकारी गराएका छन्।

Leave a Comment