प्रधानमन्त्री कार्की आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
2017-photo(c)narayan maharjan

२९ भदौ, काठमाडौं ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दैछिन्। बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

जेनजी आन्दोलनका कारण अघिल्लो सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले त्यसै दिन शपथ लिएकी थिइन् र संसद विघटनको निर्णयसमेत गरेकी थिइन्।

पदभार ग्रहणसँगै प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। मन्त्री नियुक्तिका लागि छलफल भइरहेको र आजै नामावली टुंगो लगाएर नियुक्ति गर्ने प्रक्रिया अघि बढाइने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो पहिलो दिनमा शनिबार जेनजी आन्दोलनमा घाइते भएका नागरिकलाई भेट्न अस्पताल पुगेकी थिइन्।

Leave a Comment