मृतकलाई शहिद घोषणा गर्दै १० लाख उपलब्ध गराउने सरकारको निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-२९ भदौ।
जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहिद घोषणा गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै शहिद घोषणा र प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको मुख्यसचिव अर्यालले जानकारी दिनुभयो।

Leave a Comment