काठमाडौं-३० भदौ ।
सुशीला कार्की नेतृत्वको सरकारले गठन गर्न लागेको मन्त्रिपरिषदमा अर्थमन्त्रीका रुपमा डा. रामेश्वर खनाल प्रवेश गर्न लागेका छन् । तर, उनले पद स्विकार गर्नुअघि असामान्य शर्त राखेका छन्– निजी सुरक्षागार्ड (पीएसओ) र सरकारी सवारी सुविधा नलिने ।
बालुवाटार निकट स्रोतका अनुसार खनालले मन्त्री पदमा रहँदा तलबबाहेक कुनै अतिरिक्त सुविधा प्रयोग नगर्ने स्पष्ट बताएका छन् । साथै, आफ्ना नाम अगाडि ‘माननीय’ शब्द प्रयोग नगर्नुपर्ने शर्तसमेत राखेका छन् । स्रोतले भन्यो, “उहाँले जुन सर्त राख्नुभयो, त्यसमा हाम्रो असहमति हुने कारण छैन ।”
पूर्वसचिव खनाल सरकारी खर्चमा मितव्ययिताको पक्षधर व्यक्तित्वका रुपमा चिनिन्छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि उनले सरकारी सेवा सुविधा अस्वीकार गरेका थिए । केही समयअघि उनले सरकारी खर्च कटौतीसम्बन्धी सुझाव समितिको नेतृत्वसमेत गरेका थिए ।
सार्वजनिक प्रशासन सुधार र अनावश्यक खर्च नियन्त्रणमा निरन्तर आवाज उठाउँदै आएका खनाल इमान्दार र निष्ठावान् छविका कारण चर्चामा रहेका छन् । यही पृष्ठभूमिमा कार्की सरकारले उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
पिएसओ र सरकारी गाडि नलिने खनालको शर्त
Leave a Comment
Leave a Comment


