राजस्व कार्यालय द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सागर बिश्वकर्मा/ श्रावण २२-कलैया क्षेत्रका व्यवसायीहरुका लागि आन्तरिक राजस्व कार्यालय सिमराले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम कलैयामा सम्पन्न गरेको छ ।
बर्तमान सरकारले व्यवसायीहरुको हितमा ल्याएको बिभिन्न सहुलियत तथा छुटका बिषयमा जानकारी गराउने उदेश्यले राजस्व कार्यालय सिमराले बारा उधोग बाणिज्य संघको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो ।

बारा उद्योग वाणिज्य संघकै सभाकक्षमा सम्पन्न कार्यक्रममा कर अधिकृत दिवाकर झा ले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनुका साथै सरकार ले आर्थिक ऐन २०८३ मार्फत व्यवसायिहरुको लागि ल्याएको कर निति तथा बिभिन्न बिषयहरुमा प्रदान गर्ने सहुलियत र छुटहरुको बारेमा बिस्तृत रुपमा बताएका थिए ।
कार्यक्रममा बिभिन्न बिषयगत व्यवसायी संगठनहरुका जिल्ला अध्यक्षहरु, सहकारी संस्थाका प्रमुखहरु, कलैया नगरपालिकाका प्रतिनिधि, उधोग बाणिज्य संघका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Leave a Comment